सरर केबुलकारमा अब कालीञ्चोक भागवती

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा शनिबारदेखि केबलकार सञ्चालनमा आएको छ।

केबलकार सञ्चालनमा आएपछि कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ।

दसैंअघि परीक्षण गरिएको केबुलकार शनिबारदेखि व्यवसायिक रूपमै सञ्चालनमा आएको हो।

कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ।

त्यसमध्ये हाल एउटा कार सञ्चालनमा ल्याइएको कालीञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए।

कालीञ्चोक दर्शन लिमिटेडले साढे दुई वर्षअघि निर्माण सुरू गरेको कालीञ्चोक केबुलकार करिब रु ४५ करोडको लागतमा सम्पन्न भएकोे हो।

सेतोपाटी बाट साभारित

Hits: 51

Summary

Locations & Map

  • : 4